Shittalpati
न्यूजिल्याण्डसँग भारत १० विकेटले पराजित

काठमाडौं, फास्ट बलरले सानदार प्रदर्शन गर्दा घरेलु टोली न्यूजिल्याण्डले भारत विरुद्धको पहिलो टेष्ट १० विकेटले जितेको छ । दोस्रो इनिङ्समा भारतलाई १ सय ९१ रनमै अलआउट गरेपछि जम्मा ९ रनको लक्ष्य पाएको न्यूजिल्याण्डले दोस्रो इनिङ्समा १.४ ओभर खेल्दै विकेट नगुमाई लक्ष्य पूरा गरेको हो । न्यूजिल्याण्डले २ खेलको सिरिजमा १–० को अग्रता समेत लिएको छ । टेष्ट च्याम्पियनसिपमा भारतको यो पहिलो हार र न्यूजिल्याण्डको एक सयौं टेष्ट जित हो । सोमबार भारतले १४४.४ बाट चौथो दिनको खेलअगाडि बढाएको थियो ।

तर ४७ रन थप्दा ६ विकेट गुमायो । अजिन्क्या रहाने ४ रन थप्दै २९ रनमा आउट भए भने हनुमान बिहारी १५ रनमै आउट भए । त्यसपछि भारतको निरन्तर विकेट गयो । रिषव पन्त २५, रविचन्द्रन आश्विन ४, इशान्त शर्मा १२ रनमा आउट भए भने जसप्रित बुमराहले खाता खोल्न सकेनन् । भारतलाई अलआउट गर्न न्यूजिल्यान्डका लागि टिम साउथीले ५ तथा ट्रेन्ट बोल्टले ४ विकेट लिए । वेलिङ्टनमा भएको खेलमा भारत पहिलो इनिङ्समा १६५ रनमा अलआउट भएको थियो भने न्युजिल्याण्डले पहिलो इनिङ्समा ३४८ रन बनाएको थियो । ९ विकेट लिएका टिम साउदी खेलको म्यान अफ दि म्याच घोषित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update