Shittalpati
सिप्यान वर्ष खेलाडी अवार्ड चैतमा हुने

काठमाडौं, क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस सिप्यान क्रिकेट अवार्ड’ चैत २१ गते आयोजना गर्ने भएको छ । सिप्यानले आइतबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको अवार्ड कार्यक्रम चैत २१ गते प्रदान गरिने जानकारी दिएको हो । यसपटक पनि विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्न लागेको महासचिव पारस खड्काले जानकारी दिए । सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नेछ ।

वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले अवार्डसँगै एक लाख ३२ हजार रुपैयाँ र अन्य विधाका विजेतालाई जनही ६६ हजार रुपैयाँ प्रदान गर्नेछ । अवार्डका लागि खेलाडी छनोट गर्न प्राविधिक समिति तय गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बताए । सिप्यानले एक जना पाका खेलाडीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्नेछ । सिप्यानले वर्ष २०७५ मा खेलाडीको प्रदर्शनका आधारमा अवार्ड प्रदान गर्ने पनि जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update