Shittalpati
मिस क्वीन रामपुरको उपाधि अनिश्मा वंशीलाई

इमान सिं राना
पाल्पा (रामपुर) पाल्पाको रामपुरमा सम्पन्न मिस क्वीन रामपुरको उपाधी अनिश्मा वंशी ठकुरीले जित्न सफल भएकी छन् । एसियन नेपाल मिडिया प्रालिको आयोजनामा भएको प्रतियोगिताको फाईनल चरणमा अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै रामपुर ५ मटेरीका अनिस्माले मिस क्वीन रामपुरको क्राउन पहिरिन सफल भएकी हुन् । प्रतियोगितामा रामपुर मटेरीकी शर्मिला आले मगरले फस्ट रनर अप, सुस्मिता कार्कीले सेकेण्ड रनर अप र अस्मिता राना मगरले भ्युअर च्वाईस अवार्ड प्राप्त गरेका छन् ।

विजेता, फस्ट रनर अप, सेकेण्ड रनर अप र भ्युअर च्वाईस अवार्ड विजेताले क्रमश नगद ३० हजार, २० हजार, १० हजारको चेक, सहित क्राउन, टोकन र प्रमाण पत्र प्राप्त गरेका छन् । विजेता ठकुरीलाई मिस टिन तनहुँ २०१७ का विजेता विनिता श्रेष्ठ, फस्ट रनर अप आलेलाई मिस क्वीन तनहुँ २०१७ का विजेता अनु श्रेष्ठ, सेकेण्ड रनर अप कार्कीलाई मिस टिन तनहुँ २०१९ का फस्ट रनअप अनिता अधिकारीले क्राउन पहिराएका थिए । भ्युअर च्वाईस अवार्ड विजेता रानालाई निर्णायक राजकुमार दर्जीले टोकन प्रदान गरेका थिए ।

फाईनलमा पुग्न सफल ७ जनालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । जसमा मस्ट पपुलर र वेष्ट फिगर अवार्ड शर्मिला आले मगरलाई, फोटो जेनिक र मस्ट ब्युटीफुलाईज अवार्ड अस्मिता राना मगरलाई, वेष्ट हाईट र वेष्ट हियर सृजना विसीलाई, वेष्ट स्किन र मस्ट हेल्डी अवार्ड इन्द्रा थापालाई, मस्ट व्युटिफुल, वेष्ट प्रसनालिटी र वेष्ट वाक अवार्ड अनिश्मा वंशी ठकुरीलाई, मस्ट ट्यालेन्टेड र मस्ट कन्फिडेन्स अवार्ड सुस्मिता कार्कीलाई र मस्ट बब्ली र मस्ट युनिक अवार्ड अमृता थापालाई प्रदान गरिएको छ ।

प्रतियोगिता तीन चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा १६ जनाले सहभागीता जनाएको थियो । नमस्ते होटेल बेझाँडको हलमा भएको फाईनल प्रतियोगितामा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रतिभाको पहिचानको लागि प्रतियोगिताले सहयोग गर्ने बताए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले व्यक्तित्व विकासको लागि तथा नगरको प्रतिनिधित्व चयनका लागि प्रतियोगिता महत्वपुर्ण हुने बताए । एशियन नेपाल मिडिया प्रालिका प्रबन्ध निर्देशक आकाश कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डिवि कालिजले गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update