Shittalpati
डबल्स व्याटमिण्टनको उपाधि खाँण र शाहीलाई

पाल्पा (रामपुर), महाशिवरात्रीको अवसरमा रामपुर ४ भिमसेनटोलमा भएको गल्मादी खोला खुल्ला डबल्स पुरुष व्याटमिण्टन प्रतियोगिताको उपाधी शंकर खाँण र भानु शाहीले हात पारेका छन् । गल्मादीखोला व्याटमिण्टन क्लव रामपुर ४ भिमसेनटोलको आयोजनमा भएको प्रतियोगिताको फाईनल खेलमा देव श्रेष्ठ र कालु थापाको जोडीलाई सोझो सेटले पराजित गर्दै खांण र शाहीले उपाधि जितेका हुन् ।

पहिलो सेट २१/११ र दोस्रो सेट २१/६ अंकले पराजित गरेका थिए । यससंगै श्रेष्ठको जोडी उपविजेता बनेको छ । २९ समूहको सहभागिता रहेको प्रतियोगितामा महमद अली र सुन्दर कंडेलको जोडी सान्तवना भएको छ । प्रतियोगितामा विजेता, उपविजेता र सान्त्वनाले क्रमशः नगद १५ हजार, १० हजार र २ हजार सहित नगद, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update