Shittalpati
दोस्रो खुल्ला डुङ्गा दौड प्रतियोगिताको उपाधि पुरन र प्रदिपलाई

इमान सिं राना

पाल्पा(रामपुर), सय पर्यटकिय गन्तव्यमा पर्न सफल रामपुर ६ तालपोखरामा भएको दोस्रो खुल्ला डुङ्गा दौड प्रतियोगिताको उपाधि पुरन सिं ठकुरी र प्रदिप कंडेलले हात पारेका छन् । महाशिवरात्रीको पूर्व सन्ध्यामा तालपोखरा संरक्षण समितिले आयोजना गरेको प्रतियोगितामा निर्धारण गरिएको दुरी २ मिनेट ३९ सेकेण्ड १२ मिलिसेकेण्डमा पार गर्दै संयुक्त रुपमा उनीहरुले उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा तालपोखराको डुङ्गा चढ्ने स्थानदेखि सुरु भएर बीच भागको मन्दिर परिक्रम गरेर फर्कने गरी दुरी निर्धारण गरिएको थियो । त्यस्तै ९ समूहको सहभागीता रहेको प्रतियोगितामा अमृत भण्डारी र मदन गौतमले २ मिनेट ५० सेकेण्ड १२ मिलि सेकेण्डमा पार गर्दै द्वितिय उपाधि हात पारेको छ । तृतिय स्थान हासिल गरेको मनोज घर्ती र सन्तोष घर्तीको समूहले २ मिनेट ५० सेकेण्ड ४९ मिलि सेकेण्डमा दुरी पार गरेको थियो । प्रतियोगितामा गत वर्ष ५ जनाको समूहमा र्‍यफ्टिङबोट मार्फत प्रतिष्पर्धा गराइएकोमा यस वर्ष काठको डुङ्गामा २/२ जनाले सहभागीता जनाएका थिए । प्रतियोगितामा प्रथमले ७ हजार, द्वितियले ५ हजार र तृृतीयले ३ हजार नगद जित्न सफल भएका छन् । तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले तालको थप प्रचारप्रसार र मेलाको आकर्षणका लागि डुङ्गा दौडलाई निन्तरता दिइएको जानकारी दिए । अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको प्रतियोगिताको सञ्चालन निर्माण समितिका पूर्व अध्यक्ष देवराज देवकोटाले गरेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update