Shittalpati
आईपीएलको उद्घाटन  खेलमा मुम्बई र चेन्नाई खेल्ने
undefined

काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्ने भएका छन् । बीसीसीआईले सार्वजनिक गरेको खेल तालिकाअनुसार २९ मार्चमा मुम्बईको वाङखडे स्टेडियममा मुम्बई र चेन्नाईबीच १३ औं संस्करणको उद्घाटन खेल हुनेछ । फाइनल खेल मे २४ मा हुने आयोजकले जनाएको छ । आईपीएलको इतिहासमै यस सिजन दिउँसो जम्मा ६ खेलमात्र हुनेछ । बाँकी खेल राति हुनेछ ।

८ फ्रेन्चाइजले खेल्ने आईपीएलमा लिग चरणमा कूल ५६ खेल हुनेछन् । त्यसपछि प्लेअफ चरणका खेलहरु हुनेछन् । यस सिजनको आईपीएल कूल ५७ दिन सञ्चालन हुनेछ । यस संस्करणमा पनि नेपालका स्पीनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । यसअघि उनले लगातार दुई सिजन दिल्लीबाटै खेलेका थिए । सन्दीप आबद्ध दिल्लीले पहिलो खेल मार्च ३० मा घरेलु मैदानमा किंग्स एलेभेन पञ्जावसँग खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update