Shittalpati
पर्यटकलाई आकर्षण गर्न  रामपुरको तालपोखरामा ‘डुङ्गा दौड’

इमानसिं राना
पाल्पा (रामपुर), भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकलाई आकर्षण गर्न जिल्लाको रामपुरमा रहेको तालपोखरामा ‘डुङ्गा दौड’ प्रतियोगिता हुन लागेको छ । सय पर्यटकिय गन्तव्यमा पर्न सफल रामपुर ६ तालपोखरामा पर्यटकलाई आकर्षण गर्न महाशिवरात्रीको अवसर पारी डुङ्गा दौड प्रतियोगिता हुन लागेको हो । गत वर्ष पनि प्रतियोगिता सञ्चालन गरेको तालपोखरा संरक्षण समितिले ३ दिने शिवरात्री मेला विशेष कार्यक्रम अन्तर्गत ८ गते दोस्रो डुङ्गा दौड सञ्चालन गरी पर्यटक आवागमनमा वृद्धि गर्न लागेको छ । समितिले २०७४ देखि प्रत्येक वर्ष शिवरात्री मेला आयोजना गर्दै आएको छ ।

मेला अन्तर्गत फागुन ७ गते देखि ९ गतेसम्म रुद्री पाठ, ८ गते डुङ्गा दौड र ९ गते विशेष समारोह हुनेछ । पर्यटक आकर्षण संगै युवालाई सिर्जनशिल बनाउन र आपसी सद्भाव कायम गर्नका लागि डुङ्गा प्रतियोगिता आयोजना गर्न लागिएको तालपोखरा संरक्षण समितिले जनाएको छ । प्रतियोगितामा गत वर्ष ५ जनाको समुहमा ¥याफ्टिङ बोटमार्फत प्रतिस्पर्धा गराइएकोमा यस वर्ष काठको डुङ्गामा २/२ जनाले सहभागिता जनाउने छन् । यसले मौलिकपन कायम राख्न सहयोग मिल्ने भएकाले काठको डुङ्गालाई महत्व दिइएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताए । प्रतियोगितामा प्रथमले ७ हजार, द्वितीयले ५ हजार र तृृतीयले ३ हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सहभागी मध्ये तालमा रहेको जलेश्वर महादेवको मन्दिर कम समयमा जस्ले परिक्रममा गर्न सक्छ सोही समूह विजेता बन्ने छ । समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले तालको थप प्रचार–प्रसार र मेलाको आकर्षणको लागि डुा दौडलाई निन्तरता दिइएको बताए । उनले शिवरात्रीको दिन भक्तजनहरुको सुविधाका लागि डुङ्गा थप गर्ने तयारी भैरहेको बताए । २०६६ साल अघि प्रयोग विहीन रहेको खाली पोखरीलाई महायज्ञ गरी तालपोखराको रुपमा विकास गरिएको थियो । अहिले सरकारले पर्यटकीय गन्तव्यको सूचीमा राखेसंगै नेपाल पर्यटन बोर्ड र नगरपालिकाको सहयोगमा संरचनाहरु निर्माण भैरहेका छन् ।

मिनी फेवातालको रुपमा रहेको तालपोखरा हेर्न र डुङ्गामा शयर गर्न कै लागि देश तथा विदेशबाट आन्तरिक र बाÞय पर्यटकहरु आउने गर्दछन् । यता शिवरात्रीको अवसरमा रामपुर ५ मा निर्माणाधिन बरुणेश्वर महादेव मन्दिरमा पनि पूजापाठ भजन कृतन सहित सांस्कृतिक कार्यक्रम हुने भएको छ । बरुणेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम हुन लागेको हो । केही वर्ष अघि शिवलिङ्ग भेटिए पछि अहिले सोही स्थानमा संरचना निर्माणको काम भैरहेको छ । कार्यक्रममा लोक गायक मिलन लामा, चन्द्र शर्मा, प्रेम गैरे, सम्झना लामिछाने, कला लम्साल र मोडल अञ्जली अधिकारीको प्रस्तुति रहने बरुणेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव भरतराज देवकोटाले जानकारी दिए ।’

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update