Shittalpati
रामपुरका खेलाडीलाई बधाई तथा धन्यवाद

इमान सिं राना
पाल्पा(रामपुर),जिल्लाको रामपुर नगरपालिका ७ ले खेलाडीलाई बधाई सहित धन्यवाद ज्ञापन गरेको छ । गत माघ १५ देखि १८ गतेसम्म भएको तेस्रो मेयर कपका विभिन्न विधामा उत्कृष्ट एवं सहभागी खेलाडीलाई खादा ओढाएर बधाई सहित धन्यवाद ज्ञापन गरेको हो । तेस्रो रामपुर मेयर कप २०७६ अन्तर्गत क्रिकेट प्रतियोगितामा द्वितिय, फुटबलमा तृतिय, सटफुटमा प्रथम र द्वितिय, डोरी तान्ने प्रतियोगितामा तृतिय भई पुरस्कृत हुन सफल एवं सहभागी खेलाडी, टिम कोच र म्यानेजरहरुलाई वडा कार्यालयमा कार्यक्रम गरी बधाई तथा धन्यवाद दिएको हो ।

खेलाडीहरुलाई सम्मान गर्दै रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले खेलाडीहरुको सीप विकासका लागि वडाले आवश्यक सहयोग गर्ने बताउँदै नयाँ खेलाडी उत्पादनमा समेत ध्यान दिन आग्रह गरे । उनले खेलमा हार र जित दुवै हुने भन्दै दृढ विश्वासका साथ आफ्नो खेलयात्रालाई अघि बढाउन, महिला तथा नयाँ पुस्ताहरुको सहभागीताका लागि उत्प्रेरित गर्दै जान खेलाडीहरुलाई अनुरोध गरे । कार्यक्रममा खेलाडी सनम विरकट्टाले खेलाडीलाई वडाले गरेको सहयोग र सम्मानले खेलमा झन् हौसला बढेको बताए । कार्यक्रमको उद्देश्यबारे वडा सदस्य मिनबहादुर सिंजालीले जानकारी दिएका थिए । कार्यपालिका सदस्य तथा वडा सदस्य दुर्गादेवि भण्डारी गौतमको स्वागत, वडा सदस्य मिठ्ठुमाया सुनारको धन्यवाद, सहायक वडा सचिव गिता पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update