Shittalpati
फ्रेन्ड्समाथि पुलिसको जित, जुमानुको ह्याट्रिक

काठमाडौं, भेट्रान्स स्ट्राइकर जुमानु राईले ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिन लिग फुटबलमा फ्रेन्ड्स क्लबमाथि सहज जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको लिगको आफ्नो अन्तिम खेलमा पुलिसले फ्रेन्ड्सलाई ३–० गोलले हरायो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफमा गाल रहित बराबरीमा रोकिएको पुलिसले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

४९ औं मिनेटमा हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले लगत्तै गोल गरेका थिए । उनले ५६ औं र ८५ औं मिनेटमा गोल गर्दै पुलिसको जित सहज बनाए । जुमानु म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पनि पाए । जितसँगै पुलिस तालिकाको पाँचौं स्थानमा छ । पुलिसले १३ खेलबाट २० अंक बनाएको छ । १४ अंक बनाएको फेन्ड्स १० औं
स्थानमा छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update