Shittalpati
आईसीसी क्रिकेटमा नेपालको सुखद अन्त्य

काठमाडौं, आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मकमा नेपालको सुखद् अन्त्य भएको छ । नेपालले अमेरिका माथि लगातार दोस्रो जितसहित आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजको सुखद अन्त्य गरेको हो । ओमानले चारवटै खेल जित्दा अमेरिका भने जितविहीन बनेर घर फर्कने भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले सहज जित हात पार्दा केही कीर्तिमान पनि बने । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ रोजे र अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिए । उनको निर्णयलाई बलरहरुले सही सावित गर्दा अमेरिका १२ ओभर मात्र क्रिजमा टिक्यो र ३५ रनमा अलआउट भयो ।

पहिलो ओभर करणले मेडन राख्दै नेपालले सुखद सुरुवात दिलाएका थिए । चोभर एण्डबाट आएका सन्दीपले दोस्रो ओभरदेखि नै विकेट झार्न थाले । त्यसपछि अमेरिकी इनिङ्स धरासायी बन्यो । ‘हामीले नयाँनयाँ विषयमा सिक्न पायौं । नयाँ खेलाडीहरुले पनि यहाँबाट अवसर पाए’ कप्तान ज्ञानेन्द्रले भनेका छन् । दोस्रो ओभरको अन्तिम बलमा सन्दीपले अमेरिकी ओपनर इयान होल्याण्डलाई पारस खड्काबाट क्याचआउट गराए । तेस्रो ओभरमा अमेरिकी ओपनर जेभियर मार्सलले करण केसीलाई दुई चौका प्रहार गर्दै केही आशा जगाएका थिए । त्यसपछि छैटौं ओभरसम्म अमेरिकाले विकेट गुमाएन र २३–१ को अवस्थामा थियो । तर बाँकी ६ ओभरमा अमेरिकाको इनिङ्स पतन भयो र थप १२ रन जोड्दा बाँकी ९ विकेट गुमायो ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update