Shittalpati
तीन खेलमा नेपालको एक जित र दुई हार

काठमाडौं, आईसीसी क्रिकेट विश्वकप लिग २ को डेब्यू सिरिज घरेलु मैदानमै खेलेको नेपालले तीन खेल खेल्दा एकमा जीत र दुईमा हार व्यहारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपालले अमेरिकालाई ३५ रनले हराउँदै लिग २ मा पहिलो जित हात पार्‍यो । तर तेस्रो खेलमा पुनः ओमानसँग नेपाल ८ विकेटले पराजित भयो । ओमानलाई १ सय ९७ रनमा रोकेर पनि जित्न नसकेको नेपालले अमेरिकाविरुद्ध १ सय ९० रन डिफेण्ड ग¥यो । तर ओमानविरुद्ध २ सय ४९ रन बनाउँदा पनि नेपाल पराजित भयो ।

अब सिरिजको अन्तिम खेलको रुपमा बुधबार नेपालले अमेरिकासँग खेल्ने छ । सन् २०२३ मा भारतमा हुने एकदिवसीय (ओडीआई) विश्वकपको रोडम्यापको रुपमा रहेको लिगमा नेपालले योबाहेक ८ सिरिज खेल्ने छ । झण्डै साढे दुई वर्ष चल्ने लिग २ साइकलमा नेपालले कुल ३६ एकदिवसीय खेल खेल्न पाउनेछ । ७ राष्ट्र सहभागी लिग २ बाट शीर्ष तीन टोली विश्वकप छनोटको फाइनलमा पुग्नेछ ।

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update