Shittalpati
स्वदेश फर्किए सन्दीप


काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् ।

युएईमा भएको आईपीएलमा दिल्लीले फाइनलसम्म पुग्दा १७ खेल खेल्दा सन्दीपले एक खेल पनि खेल्न पाएनन् । मंगलबार भएको फाइनलमा दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० खेल्न जुलाई अन्तिममा वेष्ट इन्डिज पुगेका सन्दीप उतैबाट आईपीएल खेल्न युएई गएका थिए ।

सन्दीप तीन महिना भन्दा बढी समयपछि नेपाल फर्किएका हुन् । लामो समय मुलुकबाहिर रहेकोले सन्दीपले केही समय नेपालमै परिवारसंग समय बिताउने जनाइएको छ । त्यसपछि मात्र उनी बिग बास लिग (बीबीएल) का लागि अष्ट्रेलिया जाने भएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update