Shittalpati
बिग ब्याश लिगमा मेलबर्न स्टार्स पराजित

काठमाडौं, बिग ब्याश लिगमा मेलबर्न स्टार्स पराजित भएको छ । सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनका बावजुद अष्ट्रेलिजामा जारी बिग ब्याश लिगमा मेलबर्न स्टार्स ब्रिसबेन हिट्सँग ७१ रनले पराजित भएको हो । मेलबर्नमा भएको खेलमा ब्रिसबेनले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको घरेलु टोली १७/४ ओभरमा १ सय १५ रनमा अलआउट भएको थियो । टस जितेर ब्याटिङ रोजेको ब्रिसबेनले ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो ।

उसका लागि एबी डि भिलियर्सले ३७ बलमा ७१ रनको आक्रामक इनिङ्स खेले । बिग ब्याश लिगः क्रिश लिनको विकेटसँगै सन्दीपको ९९ टी–२० विकेट उनले दुई चौका र ६ छक्का प्रहार गरेका थिए । सन्दीप लामिछानेले शिकार बनाएका क्रिश लिनले पनि ३४ रन बनाएका थिए । बलिङतर्फ एडम जाम्पाले तीन एक तथा सन्दीप लामिछाने र दिलबर हुसेनले एक–एक विकेट लिए । जवाफी ब्याटिङमा १७/४ ओभरमा १ सय १५ रनमा अलआउट भएको मेलबर्नका लागि पिटर ह्याण्ड्सकम्बले बनाएको २७ रन नै सर्वाधिक थियो ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update