Shittalpati
विग ब्यास लिगमा मेलबर्न पराजित

काठमाडौं, विग ब्यास लिग क्रिकेटमा मेलवर्न स्टार्ससले दोस्रो हार ब्यहोरेको छ । मेलवर्न सिड्नी सिक्सर्ससँग डकवर्थ एण्ड लुइसको नियमका आधारमा २१ रनले पराजित भयो । टस हारेर ब्याटिङ गरेको सिड्नीले ३ विकेट गुमाएर १ सय ४३ रन बनाएको हो ।
३.१ ओभर खेलपछि वर्षाले प्रभावित गरेको खेल १४ ओभरमा झारिएको थियो । त्यसपछि सम्हालिएर प्रदर्शन गरेको सिड्नीले उत्कृष्ट ब्याटिङ ग¥र्यो । नेपाली लेगस्पिनर सन्दीपले मेलवर्नका लागि सुरुमै २ विकेट लिँदै सफलता दिलाए पनि त्यो लयलाई सन्दीप र उनको टिमले कायम राख्न सकेन । सिड्नीका मोएस हेरिक्विसले ३१ बलमा ७२ रनको शानदार पारी खेले ।

उनले ८ छक्का र २ चौका प्रहार गरे । यस्तै जेम्स भिन्सले नट आउट ४१ रन बनाए । सुरुका दुई ओपनरलाई भने सन्दीपले आउट गरेका थिए । मेलबर्न १४ ओभरमा झारीएको खेलमा ५ विकेट गुमाउँदा १२५ रनमात्र बनाउन सक्यो । उसका मार्कुस स्टोनीसले ६२ रन बनाए पनि टिमलाइ हारबाट बचाउन सकेनन् ।

 

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update