Shittalpati
मैत्रीपूर्ण सिरिजमा नेपाल १ सय ३५ रनले विजयी

पोखरा, मैत्रीपूर्ण सिरिजमा नेपाली टोलीले २ सय ३५ रनले विजयी भएको छ । मैत्रिपूर्ण सिरिजमा नेपालले मलेसिया ११ लाई १ सय ३५ रनको फराकिलो अन्तरले हराएको हो । आफरि शेखको शतकसँगै नेपालले जित हात पार्न सफल भएको छ । पहिलो एकदिवसीयमा नेपाल क्यान प्रेसिडेन्ट ११ ले दिएको २ सय ७९ रजको लक्ष्य पछ्याएको मलेसिया सेलेक्सन ११ ले ३७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । उसका लागि शैयद अजीजले २८ रन बनाए भने भिरनदीप सिंहले २४ ।

उसलाई सस्तैमा समेट्ने क्रममा करण केसी र कमल सिंह ऐरीले ३/३ विकेट लिए भने कुशल मल्लले २ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४६.६ ओभरमा सबै विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले १सय १ रनको अविजित पारी खेले भने सन्दीप जोराले ५८ रन बनाए । चौथो विकेटका लागि दुबैले १ सय ५३ रनको साझेदारी गरेका थिए । करण केसीले २६ रन बनाउँदा ज्ञानेन्द्र मल्ल १९, पारस खड्का १५ र सुवास खकुरेल मात्र १२ रनमा आउट भए । कुशल मल्लले १४ रन जोडेका थिए । नेपाल र मलेसियाले तीन एक दिवसीय खेल्ने कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update