Shittalpati
सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुँदै

गुल्मी, जिल्ला मुसिकोट नगरपालिका ७ वामीटक्सारमा यस क्षेत्रकै सर्वाधिक राशी पुरस्कार सहितको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मुसिकोट उद्योग वाणिज्य सघंको आयोजनामा हुन लागिरहेको प्रथम मुसिकोट महोत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक ज्ञानहरी सापकोटाले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमलाई १ लाख ५१ हजार नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए । प्रथम मुसिकोट महोत्सवको अवसर पारेर जिल्लामै अहिलेसम्मको सर्वाधिक पुरस्कार राशीको खुल्ला राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक सापकोटाले बताए । प्रतियोगिताका उपविजेतालाई १ लाख १ हजार टफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने पनि उनले बताए । प्रतियोगिता आउँदो माघ १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने, महोत्सवको अवसरमा हुने बताईएको छ । खुल्ला प्रतियोगिता भएकाले खेलमा जुनसुकै स्थानका पुरुष खेलाडीले सहभागी हुन पाउने उनले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update