Shittalpati
रैनादेवी छहरा, रम्भा र रामपुर अध्यक्षकप पुरुष भलिबलको सेमिफाइनलमा 

पाल्पा, पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको आयोजनामा सञ्चालित चौथो अध्यक्षकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको मंगलबार भएको खेलमा रैनादेवीछहरा गाउँपालिका, रम्भा  गाउँपालिका र रामपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो क्वाटर फाईनल  खेलमा रैनादेवी छहरा सेमी फाइनलमा पुगेको छ ।

रैनादेवी छहरा गाउँपालिकाले माथागढी गाउँपालिकालाई दुई शुन्यको सोझो सेटमा पराजित गरेको हो । यसैगरी दोस्रो क्वाटर फाईनल खेलमा रम्भाले निस्दीलाई सोझो सेटमा हराई रम्भा सेमी फाईनल प्रवेश गरेको छ । रम्भाले निस्दीलाई दुई शुन्यको सोझो सेटमा हराएको रैनादेवी  खेलकुद विकास समितिका संयोजक नारायाण कार्कीले जानकारी दिए । 

यसैगरी तेस्रो क्वाटर फाइनल खेलमा रामपुर नगरपालिका सेमिफाईनलमा पुगेको छ । रामपुर नगरपालिकाले तिनाउ गाउँपालिकालाई दुई शुन्यको सोझो सेटमा हराएको हो । यसैगरी  पुर्वखोला र बगनासकाली गाउँपालिकाबिचको क्वाटर फाईनल खेल चैत्र ७ गते विहान हुने  रैनादेवी छहरा गाउँपालिका, युवा तथा खेलकुद विकास समितिका सदस्य सचिव जीवन रानाले बताए । सेमीफाईनल र फाईनल खेल चैत्र ७ गते हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ७५ हजार,द्वितीय टोलीले नगद ४५ हजार,तृतीय टोलीले नगद ३० हजार र सान्त्वना हुनेले १५ हजार नगद, मेडल, ट्रफी, प्रमाण सहित पुरस्कार पाउने छन् । प्रतियोगितामा पाल्पाका १० वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहेको छ ।  प्रतियोगिता चैत्र ७ गते सम्म चल्ने छ । 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update