Shittalpati
अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित

काठमाडौं,अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत बहराइनविरुद्धको खेलअघि नेपालले मलेसियामा खेलेको अभ्यास खेलमा ५–१ ले पराजित भएको हो ।

खेल कूल १४० मिनेट खेलाइएको थियो भने ३५–३५ मिनेटको चार हाफमा खेलाइएको फुटबल एसोसिएसन अफ मलेसियाले जनाएको छ । मलेसियाको लागि डारेन लोकले ३१औं र ३५औं मिनेटमा गोल गरे । यस्तै स्टुअर्ट विल्किनले ४६ औं, डानिएल टिङले ४८ औं तथा मुखाइरी अज्मल माहदीले १३५ औं मिनेटमा गोल गरे ।

नेपालका लागि समिर तामाङले एक मात्र गोल फर्काएका थिए । समिर पहिलो पटक नेपालको सिनियर टिममा परेका हुन् । विश्वकप छनोटको दोस्रो चरणको समूह बी मा रहेको नेपालले बहराइन विरुद्ध होम एण्ड अवे दुवै म्याच बहराइनमै खेल्नेछ । नेपाल र बहराइनबीच चैत ८  र १३ गते खेल हुनेछ ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update