Shittalpati
रिब्दीकोटमा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि आर्दश माविलाई  

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकामा सञ्चालन भएको पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वडा न.–२ को आर्दश माध्यमिक विद्यालयले हात पारेका छ । यसले १९ वटा पदकसहित उपाधि हात पारेको हो ।

  विद्यालयले १० वटा स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्न सफल भएको छ ।  प्रतियोगितामा वडा न.– ८ को ताल्तुङ्ग माध्यमिक विद्यालय द्वितीय भएको छ ।  ताल्तुङ्गले  ५ स्वर्ण, २ रजत र १ कास्य  पदक  जिस हासिल गरेको हो । प्रतियोगितामा तृतियमा वडा न.– १ को सारदा माध्यमिक विद्यालय ख्याहा विजयी भएको छ । विद्यालयले ४ स्वर्ण, ३ रजत र ३ कास्य पदक हासिल गरेका छ । प्रतियोगितामा प्रथम भएको आर्दश माविले लगातार ३ बर्ष पालिकास्तरीय राष्ट्रपति रनिङ्ग सिल्डको उपाधिमा विजयी हासिल गरेकाले विद्यालयले राष्ट्रिपति रनिङ्ग सिल्ड प्राप्त गरेको हो ।

प्रतियोगितामा प्रथमलाई १५ हजार, द्वितीयलाई १२ हजार र तृतिय लाई ९ हजार सिल्ड, मेडल र प्रमाणपत्र  प्रदान गरिएको छ ।  खेलाडीहरूलाई  गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगितामा  छात्रातर्फ नारायण माध्यमिक विद्यालयका छात्रा विनिता बगाले र ताल्तुङ्ग माध्यमिक विद्यालयका दिलमाया बगाले वेस्ट प्लेयर भएका छन् । भने वेस्ट लिफ्टरमा ताल्तुङ्ग माध्यमिक विद्यालयकै पुष्पा बगाले,उदयमान खेलाडीमा भवानी माध्यमिक विद्यालयका दिपिका राना,वेस्ट सटरमा ज्ञानमाला माध्यमिक विद्यालयका बिना लम्तरी भएका छन्  ।

  प्रतियोगितामा  छात्रतर्फ उदमान खेलाडीमा सरस्वती माविका अंकित छहरी,वेस्ट डिफेन्डरमा ताल्तुङ्ग माध्यमिक विद्यालयका चन्द्र छहरी,वेस्ट लिफ्टरमा कालिका माविका दिपक लम्तरी,वेस्ट सटरमा भाष्कर माविका शोरभ राना,वेस्ट ब्लकरमा कालिका माध्यमिक विद्यालयका दिलिप जंग छहरी र वेस्ट प्लेयरमा कालिका माध्यमिक विद्यालयका सुरज परियार विजयी भए । पालिकाले वडा न. २ मा कौवल खेल मैदान निर्माण गरी प्रदेशस्तरको खेल गराउने गरी करिब १ करोडमा खेल मैदान निर्माणको कार्य भइरहेको अध्यक्ष कार्कीले बताए । उनले वडा न. ७ मा प्रदेशको लगानीमा खेल मैदान निर्माण भइरहेको बताउदै  खेलकुदको विकासको लागि गाउँपालिका सधै सकारात्मक रहेको  समेत बताए ।

राष्ट्रपति रनिङ्ग सिल्डका लागि पालिकाका १४ वटा माध्यमिक विद्यालयहरूको सहभागितामा २९ विद्यामा खेल खेलाइएको थियो ।  ३ दिनसम्म भएको प्रतियोगितामा पालिकाका ८ वटै वडाका जनप्रतिनिधी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको  सहभागिता रहेको थियो  । प्रतियोगिता रिब्दीकोट गाउँपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक दिपक पचभौयाको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update