Shittalpati
एनसीसी कप : एमआइबी र एनसीसी फाइनलमा 

 पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दी खेलमैदानमा जारी खुल्ला नारायणडाँडा क्रिकेट  (एनसीसी) कप २०८० को  फाइनल खेलमा एमआइबी तानसेन र  आयोजक टिम नारायणडाँडा क्रिकेट क्लव  तानसेन –१ ( एनसीसी) बिच प्रतिस्पर्धा हुने भएको छ । शनिबार भएको सेमिफाइनलमा जित सुनिश्चित गरेसँगै एमआइबी र एनसीसी फाइनलमा प्रवेश गरेको खेल संयोजक नवराज बस्यालले  जानकारी दिए । 

सेमिफाइनलमा आयोजक टिम एनसीसीले नवदुर्ग क्रिकेट क्लव तानसेन ११ लाई १६ रनले हराउँदै  फाइनल खेलको यात्रा तय गरेको हो । एनसीसीले ८४ रनको तारगेट दिएकोमा नवदुर्गाले ६८ रन मात्र बनाउन सफल भयो ।  खेलमा एनसीसीका विशाल न्यौपाने म्यानअफद म्याच भएका छन् । उनले ३० बलमा ४० रन जोड्न सफल भएका थिए । यस्तै  दोस्रो खेलमा राम्दी  क्रिकेट क्लव र एमआइबी बिच भएको सेमिफाइनलमा एमआइबीले ३ विकेटले जित निकालेसँगै फाइलन खेल प्रवेश गरेको हो । एमआइबीको तर्फबाट आशिषले ८ बलमा २५ रन हानेर जित सुनिश्चित गर्नुको साथै म्यानअफद म्याच भएका हुन् । राम्दी क्लवका  विपिन काफ्लेले भने ११ बलमा १९ रनको योगदान गरेका थिए ।

 ३ गतेदेखि भएको खेल भोली सकिदै छ ।  शनिबार विहान भएको सुपर एट खेलमा एमआइबी र विशाल बजारबिच प्रतिस्पर्धा भएको थियो । जसमा एमआइबीले ४५ रनले विजयी भई सेमिफाइनलको यात्रा तय गरेको थियो । खेलमा १४ टिमको सहभागीता रहेको थियो  । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, कप, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई १० हजार, कप, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै प्रतियोगितामा म्यान अफ द टुर्नामेन्टलाई सिल्ड र प्रमाणपत्र, बेस्ट ब्याट्समेनलाई सिल्ड, प्रमाणपत्र, बेस्ट बलरलाई सिल्ड, प्रमाणपत्र र म्यान अफ द म्याचलाई मेडल प्रदान गरिने क्लवले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update