Shittalpati
रामपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड

पाल्पा, जिल्लाको रामपुरमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन भएको छ ।  नगरपालिकाको आयोजनामा नगरस्तरीय  प्रतियोगिता सञ्चालन भएको हो ।

 प्रतियोगिताको  लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् । खेलको उद्घाटन गर्दै सांसद श्रेष्ठले समाज र राष्ट्र चिनाउने  माध्यम खेलकूूद भएको बताएका छन् । उनले स्वास्थ्यसँगै शिक्षाका लागि खेलकुदले महत्वपूर्ण भूूमिका रहेको समेत उल्लेख गरे । सांसद श्रेष्ठले भने ‘व्यवहार र खानपानका कारण बालकदेखि वृद्धसम्मलाई व्यायमको आवश्यकता रहेको सन्दर्भमा खेलकुदले शारीरिक व्यायम बारे सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्छ ।’

 कार्यक्रमा नगर प्रमुख रमणबहादुर थापाले प्रतियोगिताले प्रतिस्पर्धा मात्र नभई सिक्ने अवसर समेत प्रदान गर्ने बताए । यस वर्ष जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड रामपुर मै सञ्चालन गर्नको लागि नगरले आग्रह गरेको र रामपुरमै प्रतियोगिता भएमा जिल्लाका सबै खेलाडीको दुर्घटना बीमाको व्यवस्था नगरपालिकाले गर्ने प्रतिवद्धता जनाए । प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले खेलले विद्यार्थीहरुमा धैर्यतासँगै थप उर्जा दिने धारणा व्यक्त गरे । रामपुर नगपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले सफलता प्राप्त गर्न अनुशासन महत्वपूर्ण हुने भन्दै खेलले अनुशासन र एकताको सन्देश प्रवाह गर्ने बताए ।

 प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी र तेक्वान्डो अन्र्तगतका विभिन्न खेलहरु भइरहेका छन् । जसमा नगर भित्रका १७ सामुदायिक र ४ संस्थागत गरी २१ विद्यालयका छात्रछात्राहरु प्रतिस्पर्धा  उत्रिएका छन् ।  स्थानीयस्तरमा रहेका खेल प्रतिभालाई उजागर र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित  प्रतियोगिता माघ ७ गतेसम्म सञ्चालन हुने दरैठाँटी माविका प्रधानाध्यापक एवं प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका सदस्य सचिव सुन्दर प्रसाद देवकोटाले जानकारी दिए । उद्घाटनको अवसरमा २१ विद्यालयको मार्चपास समेत रहेको थियो । नगर शिक्षा अधिकृत विकल काफ्ले तीन वटा संस्करणको उपाधि जित्दै रामतुलसी माविले रनिङ्ग शिल्ड जितेको र यस वर्षबाट नयाँ रनिङ्ग शिल्डको लागि प्रतिस्पर्धा हुने बताए । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता, शिक्षा शाखा अधिकृत विकल काफ्लेको स्वागत, प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य दिपेन्द्र भट्टराई र राधिका केसीको सञ्चालनमा  उद्घाटन शत्र कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update