Shittalpati
क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय

काठमाडौँ, जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो । यही पुस १३ गते ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो । अदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ । लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि गत असोज २० गते अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update