Shittalpati
पाल्पा क्रिकेट संघका अध्यक्षको निधन

तानसेन,जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष एवं कुशल युवासमाजसेवी राजेश श्रेष्ठको ५१ वर्षको उमेरमा बुधबार उपचारको क्रममा काठमाण्डौंमा निधन भएको हो ।  

मंसिर १४ गते अचानक विरामी परे पछि लुम्बिनी मेडिकल कलेज प्रभास  र थप उपचारका लागि काठमाण्डौं लगिएको थियो । पेटमा समस्या भएपछि उनलाई आन्तरिक रक्तश्राप नरोकिएका कारण थप उपचारका लागि काठमाण्डौं लगिएको हो । तानसेन ७ लामिडाडामा व्यवसाय समेत गर्दै आएका श्रेष्ठ युवा सामाजिक व्यक्तित्वका रुपमा परिचित थिए । उनी २०६० सालमा पाल्पा जिल्ला क्रिकेट संघको अध्यक्ष हुँदै लुम्बिनी प्रदेशकै क्रिकेट खेलाडी छनौट समितिमा रहेका थिए । समग्र क्रिकेटका साथै खेल क्षेत्रको बिकासमा श्रेष्ठको महत्वपुर्ण योगदान छ ।  

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update