Shittalpati
वर्षाका कारण आजदेखि तानसेनमा हुने भनिएको भलिबल प्रतियोगिता स्थगित, खेल भोलिदेखि हुने

पाल्पा,सोमबारदेखि तानसेनमा हुुने भनिएको पुुरुष भलिबल प्रतियोगिता वर्षाका कारण स्थगित भएको छ । तानसेनको टुँडिखेल मैदानमा भदौं १८ गते दिउँसो ३ बजेदेखि सञ्चालन हुने भनिएको खुला पुरुष भलिबल प्रतियोगिता वर्षाका कारण स्थगित भएको हो ।

उक्त खेल भोली विहान ७ बजेदेखि सञ्चालन हुने  श्रीनगर भलिबल क्लवका अध्यक्ष कृष्णबहादुर आलेले जानकारी दिए । 
खेल क्षेत्रको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन  गर्ने उद्देश्यले श्रीनगर भलिबल क्लवको आयोजनामा ‘प्रथम रणउज्जेश्वरी भगवती कप २०८०’ हुन लागेको हो । प्रतिकूल मौसमका कारण खेल स्थगित गर्नु परेको क्लवका अध्यक्ष आलेले जानकारी दिए । 

प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १ सय ११, द्धितिय हुनेले ७७ हजार ७ सय ७७, तृतिय हुनेले ४४ हजार ४ सय ४४ र सान्तवना हुनेले २२ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष आलेले बताए । प्रतियोगिता हुने समयमा श्रीकृष्ण जन्माष्टमी तथा ऐतिहासिक भगवती जात्रा परेकाले पनि खेलाडी र दर्शकहरुको उल्लेखीय सहभागिता रहने क्लवका अध्यक्ष आलेले बताए ।  २०७५ सालमा स्थापना भएको क्लवलले राष्ट्रियस्तरका दर्जानौं खेलाडीहरु उत्पादन गर्न सफल भएको छ । उसले विभिन्न समयमा महिला र पुरुष भलिबल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।  

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update