Shittalpati
नेपाली क्रिकेटका पूर्वकप्तान ज्ञानेन्द्रले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

पाल्पा, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरेर उनले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।

नोभेम्बर २०१९ देखि डिसेम्बर २०२१ सम्म कप्तान रहेका मल्ल पछिल्लो समय राष्ट्रिय टिममा परे पनि धेरै समय बेञ्चमै रहे । विश्वकप छनोटमा प्ले अफमा मात्र अवसर पाएका उनी एसिया इमर्जिङ कप खेल्ने टोलीमा अटाएनन् । लगत्तै हाई पर्फर्मेन्स ट्रेनिङका लागि नाम सिफारिस हुँदा पनि श्रीलंका नगएका उनले एसिया कपको पूर्वसन्ध्यामा सन्यास घोषणा गरेका हुन् । कुनै समय एसिया कपसम्म खेल्छु भन्ने लागे पनि अहिले सन्यासका लागि यो नै उपयुक्त समय हो भन्ने लागेको उनले सुनाए । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update