Shittalpati
च्याम्पियन्स लिगको तालिका सार्वजनिक

काठमाडौं, कोरोना महामारी अझै नरोकिएको बेला युरोपियन फुटबल महासंघ (यूइएफए) ले आन्तरिक रुपमा च्याम्पियन्स लिगको तालिका बनाएको छ । द सनले जनाए अनुसार युइएफएले युरोपियन प्रतियोगता चाँडै सुचारु गर्ने लक्ष्य बनाएको छ । जसमा अन्तिम १६ को दोस्रो लेगमा युभेन्टस र ओलम्पिक लियोन तथा म्यानचेस्टर सिटी र रियाल मड्रिडको खेल अगष्ट सात तारिखमा राखेको छ ।

यस्तै बार्यन म्युनिख र चेल्सी तथा बार्सिलोना र नापोलीको खेल अगष्ट आठ तारिखको लागि तय गरिएको जनाएको छ । अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले नापोलीसँग एक एक गोलको बराबरी खेलेको थियो भने म्यानचेस्टर
सिटी रियालसँग दुई/एकले विजयी भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update