Shittalpati
पाल्पा गोल्ड कपको फाइनलमा होराइजन स्याङजा र रोडस् चितवन भिड्ने 

पाल्पा, पाल्पा फुटबल संघको आयोजनामा तानसेनको टुँडिखेल मैदानमा जारी  कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगितामा होराईजन फुटबल क्लव वालिङ स्याङजा र  रोडस् रामपुर फुटबल क्लब चितवन फाइनलमा  भिड्ने भएका छन । बुधवार तानसेनको टँुडिखेलमा भएको प्रतियोगितामा होराईजन फुटवल क्लव वालिङ स्याङजाले दि फेमश महिन्द्र दल गण पाल्पालाई २ शुन्य गोलले पराजित गरी फाइनल प्रवेश गरेको हो । 

होराईजन फुटबल क्लव वालिङ स्याङजाका १७ नं खेलाडी टिकाराज गुरुङले खेलको ७ मिनेटमै गोल गरेका थिए भने खेलको ८१ औ मिनेटमा  १४ नं. खेलाडी विरेक चौधरीले गोल गरी टिम लाई विजयी बनाए । बुधवार भएको सेमिफाइनल प्रतियोगितामा टिकाराज गुरुङ म्यानअफदि म्याच भए । उनले नगद ३ हजार पुरस्कार पाएको संचार संयोजक करण चित्रकारले बताए । 

१२ टिम सहभागी भएको प्रतियोगिताको फाइनल  जेठ २७ गते शनिबार हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख, दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले जानकारी दिए ।  फुटवल प्रतियोगिता हेर्न तानसेनको टुडिखेलमा हजारौ दर्शकहरुको सहभागीता रहेको थियो । प्रतियोगिता हेर्न अस्थायी प्यााफिट निर्माणले फुटवल प्रेमीले मजाले तानसेनको टुँडिखेलमा फुटवल हेर्न पाएका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update