Shittalpati
पाल्पा गोल्डकप : मंगलबारको खेलमा २८ बिघा पुर्व नवलपरासी बिजयी

पाल्पा, पाल्पाको तानसेनमा जारी कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा २८ बिघा पूर्व नवलपरासी बिजयी भएको छ । उसले  रुपन्देही–११ लाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै बिजयी भएको हो  । 

निर्धारित समयमा दुबै पक्षबाट १–१ गोलको बराबरी र थप समयमा गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा २८ बिघाका लागि अजित लामा, शिव बोटे, बीरेन्द्र सारु र सुन्दास चौधरीले जाली चुमे । रुपन्देही ११ का सुजित चौधरी, मिसान दर्लामी र मनोज श्रेष्ठले जाली चुमे पनि निसान न्यौपानेको गोल चुकेसंगै २८ बिघा बिजयी भएको हो । 
पहिलो हाफको खेल सक्किदासम्म दुबै टिमबाट गोल हुन सकेन । दोस्रो हाफको १३ औ मिनेटमा २८ बिघा नवलपरासीका प्रकाश पुनले गोल गरेर खेललाई अग्रता दिलाएका थिए । उनको गोल रुपन्देहीका बलराम न्यौपानेले ३७ औं मिनेटमा फर्काएर बराबरीमा ल्याएका हुन् । मंगलबारको खेलमा म्यान अफ दि म्याच २८ बिघा नवलपरासीका गोलरक्षक बीरेन्द्र सारु भएसंगै नगद ३ हजार पाए ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update