Shittalpati
स्थगित फुटबल लिग सुरु

काठमाडौं, कोरोना भाइरस महामारीको कारण गत महिना स्थगित भएको तुर्कमिनिस्तानको फुटबल लिग पुनः शुरु भएको छ । विश्वभर फैलिएको कोरोनाको कारण मार्च २३ मा लिग स्थगित भएको थियो । कोरोनाको त्रासकै बीच मार्च ६ मा शुरु भएको लिग करिब ३ सातापछि रोकिएको थियो  । तर एक महिना नबित्दै तुर्कमिनिस्तानको फुटबल लिग अप्रिल १९ मा पुनः शुरु गरिएको हो । अल्तेन असर र कोपेडागबीचको खेल हेर्न करिब ४ संख्यामा दर्शकसमेत उपस्थित थिए ।

अस्गाबातस्थित सेन्ट्रल फिल्डमा भएको उक्त खेल १–१ को बराबरीमा सकिएको थियो । तुर्कमिनिस्तानको लिगमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै बेलारुस, ताजिकिस्तानमा पनि फुटबल लिग भइरहेको छ । तुर्कमिनिस्तानमा अहिलेसम्म कोरोनाको संक्रमित देखिएको छैन । कोरोना भाइरस महामारीको कारण युरोपका ठूला लिगहरु भने अहिले स्थगित छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update