Shittalpati
तानसेनमा जुर्मराउँदै खेलकुद 

पाल्पा, पाल्पाको तानसेनमा तीन दश अघिसम्म राष्ट्रिय तथा स्थानीय खेलकूद प्रतियोगिता निरन्तर भइरहन्थे । त्यस यता पनि छिट्टाफूूट्टा रुपमा प्रतियोगिता नभएका भने होइनन् । तर पहिले जस्तो खेलकूदले निरन्तरता भने पाउन नसकेको हो ।  

    तानसेनमा  ३३ वर्ष यता राष्ट्रियस्तरका खेलहरु खासै हुन सकेनन् । २०४७ सम्म थुप्रै राष्ट्रियस्तरका प्रतियोगिताहरु भए पनि आर्थिक अभावका कारण त्यस यता हुन नसकेका हुन् । २०४७ मा शहिद स्मृति रनि· शिल्ड प्रतियोगिता भएको थियो । ०४७ साल अघि तानसेनमा मणिमुकुुन्द गोल्ड कप हुने गर्दथ्यो । यो खेल २०३५ देखि २०४२ सम्म निरन्तर सञ्चालन भयो । त्यस यता भने त्यो प्रतियोगिता  पनि हुुन नसकेको पाल्पा फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले बताए । उनका अनुसार करिब ५ वर्षसम्म मणिमुकुन्द गोल्ड कप रोकिएको थियो । त्यसपछि शहिद स्मृति रनिद्र शिल्ड भएको हो । त्यस यता भने छिट्टफुुट्ट केही प्रतियोगिताहरु भए पनि तिनले निरन्तरता पाउन सकेनन् । भौतिक पूर्वधार र आर्थिक  अभावका कारण राष्ट्रियस्तरका खेल प्रतियोगिताहरुले निरन्तरता पाउन नसकेको  पाल्पा फुटबल संघका अध्यक्ष राणाले बताए । तीनै तहका सरकारले तानसेनको खेल क्षेत्रको विकासमा समेत चासो नदेखाउँदा यहाँको खेल क्षेत्र लामो समयदेखि ओझेलमा परेको छ । पछिल्लो समय केही संघसंस्थाहरुले भने तानसेनको खेलप्रति चासो देखाएका छन् । जसले गर्दा यहाँको खेलकूूद अहिले जुुर्मराउँन थालेको छ । २०७८ मा पहिलो पटक रानीमहलको प्रांगणमा राष्ट्रियस्तरको बिच भलिबल प्रतियोगिता भएको थियो । अघिल्लो वर्ष सञ्जय मेमोरियल फाउन्डेसनले महिलाहरुको राष्ट्रिय बिच भलिबल प्रतियोगिता गरेको थियो भने यस वर्ष पुरुषतर्फको राष्ट्रिय बिच भलिबल प्रतियोगिता ग¥यो । यसले ओझेलमा परेको तानसेनको खेलकूूदलाई केही हदसम्म भए पनि तंग्रीन सहयोग गरेको हो । यस वर्ष पाल्पाको रानीमहललाई बिच भलिबल केन्द्रको रुपमा समेत घोषणा गरिएको छ । रानीमहल क्षेत्रमा पर्ने तानसेन नगर सरकार र बगनासकाली गाउँसरकारले यहाँको क्षेत्रलाई ‘बिच भलिबल’ को केन्द्रका रुपमा घोषणा गरेका हुन् ।

    निरन्तर बिच भलिबल प्रतियोगिता हुन थालेपछि यस क्षेत्रलाई बिच भलिबलको केन्द्रको रुपमा घोषणा गरिएको हो । तानसेनलाई खेलको मुख्य केन्द्र बनाउने गरी योजना अगाडि बढाइएको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनले भने,‘अहिले हामीले रानीमहल क्षेत्रलाई ‘बिच भलिबल’को हब बनाएका छौं, अगामी दिनमा तानसेनलाई नै बनाउने छौं ।’ जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जिल्लामा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुनु गौरवको विषय भएको बताए । यस वर्ष तानसेनको टुुँडिखेलमा राष्ट्रियस्तरको खेलकूूद प्रतियोगिता समेत हुुन लागेको  छ । पाल्पा फुटबल संघले जेठ १२ देखि २७ गतेसम्म कर्णेल उजी सिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता गर्न लागेको हो । फुटबल खेललाई राष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यले प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाके, स्याङ्जा, कास्की, चितवन र काठमाडांैका गरी १६ टिमहरुको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद १ लाख ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र, प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार र उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update