Shittalpati
संसारकै ठूलो  रंगशाला बनाउँदै चीन

एजेन्सी, कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर खेलकुदका गतिविधि ठप्प छन् । कोरोनाले विशेषगरी युरोपको फुटबलमा ठूलो आर्थिक संकट ल्याएको छ । विश्वभरका फुटबल रंगशालाहरु खाली लडेका छन् । कतिपय रंगशाला कोरोना भाईरसविरुद्ध लड्नका लागि क्वारेन्टाइनमा परिणत भएका छन् । फुटबल खेल भइहाले पनि दर्शक बिना खेलाइनुपर्ने बाध्यता छ । चीनबाट सुरु भएको कोरोनाले विश्वलाई सताइरहेको बेला उही चीन अहिले विश्वकै ठूलो रंगशाला बनाउन ब्यस्त छ ।

चीनले गोन्जाओमा विश्वकै ठूलो रंगशाला निर्माण कार्य सुरु गरिसकेको छ । फुटबल क्लब गोन्जाओ एभरगार्डले अहिले आफ्नै खर्चमा घरेलु मैदानमा रंगशाला बनाउन सुरु गरेको हो । एक दशमलव ३६ विलियन पाउन्ड लागतमा बन्ने रंगशालाको दर्शक क्षमता एक लाख २३ हजार सिट रहने छ । रंगशालामा दुई सय ६० भन्दा बढी सिट सिट क्षमताको छुट्टै अतिविशिष्ट (भिभिआईपी) बक्स बनाईने छ । रंगशालाको डिजाइन अमेरिकी नागरिक असन सयदले गरेका हुन् ।

कोरोना संक्रमणका कारण निर्माण कार्य केही ढिलो सुरु भएकोले लागत रकम अझै बढ्न सक्ने बताईएको छ । यसको निर्माणको जिम्मा पनि गोन्जाओ एभरगार्ड आफैले लिएको छ निर्माणको क्रममा रकम नपुग भएमा चीनको खेलकुद मन्त्रालयसँग सहयोग लिन सकिने छ । निर्माण कार्य सन् २०२२ मा सक्ने योजना छ ।

हालै मात्र भारतले गुजराजमा विश्वकै ठूलो रंगशाला निर्माण गर्न लागेको समाचार बाहिरिएको थियो । एक लाख १० हजार सिट दर्शक क्षमताको सरदार पटेल रंगशालाको निर्माण कार्य सुरु भएको केही महिना नवित्दै चीनले गोन्जाओमा सबैभन्दा ठूलो रंगशाला निर्माणको सुरुवात गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update