Shittalpati
राष्ट्रिय पुरुषबिच भलिबलको उपाधि आर्मीलाई

पाल्पा, चैत्र २८ गतेदेखि भएको राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार सकिएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएको हो । उपाधिसहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँमा चित्त बुझाएको छ । अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update