Shittalpati
आईपीएल अनिश्चित कालका लागि स्थगित
undefined

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अनिश्चित कालका लागि स्थगित भएको छ । भारत सरकारले लकडाउन थप तीन साता लम्ब्याएपछि अप्रिल १५ देखि हुने भनिएको आईपीएल अनिश्चिकत कालका लागि स्थगित भएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरिएको फ्रेन्चाइज टोलीलाई जानकारी गराएको छ ।

आईपीएलको नयाँ मितिका बारे कुनै उल्लेख गरिएको छैन । बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले देशले संकट झेलेका बेला खेल प्राथमिकतामा नरहने बताउँदै आएका छन् । बीसीसीआईले आईपीएल स्थगित गरेको जनाएपनि रद्धनै भएको भनेर उल्लेख गरेको छैन । अब आईपीएल सेप्टेम्बर वा नोभेम्बरमा गर्ने सक्ने विकल्प छ । त्यसका लागि आईसीसीसँगको सहकार्यमा एसियाक कप लगायत अन्य ठूला प्रतियोगिता मिलाउनु पर्ने हुन्छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update