Shittalpati
प्रिमियर लिगको समय घटाईने

काठमाडौं (एजेन्सी), इङ्लिस प्रिमियर लिगको समय घटाईने भएको छ । इङ्लिस प्रिमियर लिगमा जारी सिजन र नयाँ सिजनबीचको ब्रेक समय घटाइने भएको हो । इङ्ल्यान्ड फुटबल एशोसिएसनले प्रिमियर लिगको नयाँ सिजन अघि दुई साता मात्रै ब्रेक गर्ने जनाएको छ । यसअघि प्रिमियर लिग मे महिनामा सकिएर अगस्ट पहिलो साताबाट नयाँ सिजन सुरु हुने तालिका तय भएको थियो । कोरोना भाईरसका कारण यस सिजन अन्त्य हुनेका आशंका पैदा भएको छ ।

यद्यपि एशोसिएसनले प्रिमियर लिगका २० वटा शीर्ष क्लबहरुसँग भिडियो कन्फ्रेन्स बैठक गरी सिजन जसरी पनि सकाउने जनाएको छ । एशोसिएसनले क्लबसँगको छलफलसँगै जुन र अगस्टमा यस सिजन अन्त्य गर्ने र अगस्टमै नयाँ सिजनको सुरुवात गर्ने पनि उल्लेख गरेको छ । तर क्लबका मेडिकल अधिकारीले भने दुई साताको विश्रामले खेलाडीको चोटको सम्भावना प्रति चिन्ता गरेका छन् । यसअघि सिजनको बीचमा पाँच साता ब्रेक हुन्थ्यो । प्रिमियर लिगमा नौ चरणको खेल बाँकी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update