Shittalpati
तानसेनमा ‘प्लोग्गिङ्ग म्याराथन’

पाल्पा, प्लाष्टिक जन्य फोहोर व्यवस्थापन गर्ने उद्देश्यले तानसेनमा ‘प्लोग्गिङ्ग म्याराथन’ प्रतियोगिता आयोजना गरिएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा अध्ययनरत विद्यार्थीहरुद्वारा गठित रोट्रायाक्ट क्लब अफ पाल्पा लुम्बिनीले रोटरी क्लव अफ पाल्पा लुुम्बिनीको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।

तानसेनको टुडिंखेल नजिकै सडकमा भएको प्रतियोगितामा १२ विद्यालयका २७ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा भाग लिने विद्यार्थीहरुले तानसेन बजार क्षेत्रभित्रै ४ किलोमिटर दूरी दौडिएर प्लास्टिक जन्य फोहोर संकलन गर्नु पथ्यो । जसमा फोहोरको ५० प्रतिशत र आइपुुगेको समयको ५० प्रतिशत अंक भार राखी मूूल्याङ्कन गरिएको थियो । उक्त प्रतियोगितामा धेरै फोहोर संकलन गरेर विज्डम बोर्डिङ स्कूूल विद्यालयतर्फ प्रथम भएको छ । जसले १० केजी ५६ ग्राम फोहोर संकलन गरेर प्रथम भएको रोट्रायाक्ट क्लब अफ पाल्पा लुम्बिनीकी पव्लिक रिलेसन अफिसर स्नेहा बस्नेतले जानकारी दिइन् । यस्तै सेन्ट क्यापितानियो स्कूूलका प्रतिक अर्याल प्रथम भएका छन् । उनले ३२ मिनेट ५४ सेकेण्डमा ४ के.जी ९५ ग्राम फोहोर संकलन गरी प्रथम हुन सफल भएका हुन् । त्यस्तै विज्डम बोर्डिङ स्कुलका दिवस क्षेत्री दोश्रो भएका छन् । उनले ४० मिनेट ४३ सेकेण्डमा ६ किलो फोहोर संकलन गरी दोस्रो भएका हुन् । पाल्पा प्यारागनका आशिष राना तेस्रोे भएका छन् । उनले २६ मिनेट ८ सेकेण्डमा २.८५ किलो फोहोर संकलन गरेका थिए । प्रतियोगितामा विभिन्न बजार क्षेत्रबाट विद्यार्थीहरुले ७५ केजी फाहोर संकलन गरेका थिए । जसमा ६३ केजी प्लाष्टीकजन्य फोहोर रहेको छ ।

विद्यार्थीहरुलाई सरसफाईमा जागरुग बनाउन प्रतियोगिता आयोजना गरिएको रोट्रायाक्ट क्लब अफ पाल्पा लुम्बिनीका अध्यक्ष रो.राजेश कोइरालाले बताए । उनका अनुसार तानसेन नगर भित्रका संस्थागत र सामुुदायिक विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराइएको हो । प्रतियोगीहरुले सडक किनारमा जथाभावी फालिएका प्लास्टिकजन्य फोहोर संकलन गरेको क्लवकी रो.ल्हामो लामाले बताईन् । उनले भनिन्‘वातावरण सरसफाई राख्न विद्यार्थीहरुको पनि उत्तिकै दायित्व रहेको हुन्छ,उहाँहरुलाई सरसरफाईप्रति जागरुक बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने छ ।’

समुदायमा आधारित कार्यक्रम अन्तर्गत रोट्रायाक्टसँगको सहकार्यमा सरसफाई सम्बन्धी ‘प्लोग्गिङ्ग म्याराथन’ प्रतियोगिता गरिएको रोटरी क्लव अफ पाल्पा लुुम्बिनीका अध्यक्ष रो.खड्का जिरेलले बताए । उनका अनुसार पाल्पामा यो पहिलो कार्यक्रम हो । प्रतियोगिताको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले शुुभारम्भ गरेका थिए । प्रतियोगिताको शुुभारम्भ गर्दै प्रजिअ पन्तले क्लवहरुले वातावरण सरसफाईप्रति देखाएको सक्रियता अनुुकरणीय रहेको बताए ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update