Shittalpati
घरेलु टोली भारतले जित्यो टी–२० सिरिज

एजेन्सी । श्रीलंकाविरुद्ध तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली भारतले जितेको छ । पुनेमा भएको अन्तिम तथा तेस्रो खेलमा भारतले श्रीलंकालाई ७८ रनले हराएको थियो । भारतले सिरिज २–० ले जितेको थियो । दुई टोली बीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । दोस्रो खेल भारतले सात विकेटले जितेको थियो ।

भारतले दिएको दुई सय दुई रनको जियी लक्ष्य पछ्याएको श्रीलंका १५.५ ओभरमा सबै विकेट गुमाएर एक सय २३ रनमा समेटियोएको थियो । श्रीलंकाका लागि धनन्जय डी सिल्भाले ५७ र एन्जेलो म्याथ्युजले ३१ रन बनाए । श्रीलंकालाई सस्तैमा समट्ने भारतका नाभ्दिप सैनीले तीन विकेट लिए । सार्दुल ठाकुर र वासिङटन सुन्दरले दुई दुई विकेट लिए । जसप्रित बुमराहले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा दुई एक रन बनाएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update