Shittalpati
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको प्रमुखमा भट्टराई

कृष्ण पोखरेल

पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाको क्याम्पस प्रमुखमा टंक प्रसाद भट्टराई नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय काठमाडौले बरिष्ठताको आधारमा सह–प्राध्यापक भट्टराईलाई त्रिभुवन बहुमुखी क्याम्प पाल्पाको क्याम्पस प्रमुखमा नियुक्ति गरेको हो । क्याम्पस प्रमुख भट्टराईले २०४९ सालमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेतबाट सेवा प्रारम्भ गरी, २०५४ सालमा स्थायी भएको र २०५६ सालदेखी त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा प्राध्यापन गर्दै आएका छन् ।

नवनियुक्त क्याम्पस प्रमुख भट्टराईले त्रिभुवन बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै शैक्षिक हवको रुपमा विकास गर्ने बताएका छन् । पाल्पा पश्चिम नेपालकै शैक्षिक केन्द्र भएकाले यसको गरिमालाई कायम राख्न आफु क्रियाशिल रहने नवनियुक्त क्याम्पस प्रमुख भट्टराईले बताए । यस क्षेत्रका शैक्षिक बुद्धिजिवी, शिक्षाविद, तथा विद्यार्थी प्राध्यापकहरुको सरसल्लाहमा क्याम्पसमा नयाँ नयाँ विषयवस्तुहरुको अध्यन अध्यापनका लागि ल्याउन पहल गर्ने नव नियुक्त क्याम्पस प्रमुख भट्टराईले प्रतिवद्धता व्यक्त गरे । त्रिभुवन विश्वविद्यालयलले दिएको जिम्मेवारी पूर्णरुपमा पालना गर्दै, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसललाई देशकै नमूना क्याम्पसको रुपमा परिचय बनाउने क्याम्पस प्रमुख भट्टराईले बताए । क्याम्पसमा विद्यार्थीको संख्या प्रशस्त भएपनि प्राध्यापकहरुलाई टिकाई राख्न कठिन भएकाले प्राध्यापकहरुलाई टिकाई राख्न आफुले पहल गर्ने क्याम्पस प्रमुख भट्टराईले बताए ।

क्याम्पस प्रमुख भट्टराईमाथी चुनौती र जिम्मेवारी दुवै भएको क्याम्पसका स्ववियु सभापति हरिवोल भट्टराईले बताए । क्याम्पसमा विद्यार्थी टिकाई राख्न अहिले चलेका नयाँ–नयाँ प्राविधिक विषयहरु ल्याउनु पर्ने, सोही अनुसारको आधुनिक भौतिक संरचना तथा प्रयोगशाला ल्याव निर्माण गर्नुपर्ने, अस्थायी करार प्राध्यापकहरुको समस्या समाधान गर्नुपर्ने परीक्षा शाखा, पुस्तकालयमा कर्मचारी नहुँदा काम प्रभावित भएकाले यी विषयबस्तुमा सफलता हात पार्नुपर्ने जिम्मेवारी नव नियुक्त क्याम्पस प्रमुख भट्टराई माथि रहेको स्ववियु सभापतीले भट्टराईले बताए । यस अघिको क्याम्पस प्रमुखमा जीवन बहादुर थापा रहेका थिए ।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update