नवजनचेतना राष्ट्रिय दैनिक २०८३ असोज ३१ गते शनिबार
शनिबार, असोज ३१, २०८३
बडादशैँको शुभकामना
शनिबार, असोज ३१, २०८३
दशैँ नेपालीहरूको महान् राष्ट्रिय तथा सांस्कृतिक पर्व हो । यो पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, एकता, सहिष्णुता र भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
आज फूलपाती भित्र्याइँदै, दसैँको रौनक बढ्दै
शनिबार, असोज ३१, २०८३
नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज घर–घर तथा शक्तिपीठहरूमा विधिपूर्वक फूलपाती भित्र्याइँदै छ । दसैँको सातौँ दिन फूलपाती भित्र्याउने परम्पराअनुसार दुर्गा भवानीको पूजा–आराधना गर्दै शुभ साइतमा फूलपाती भित्र्याउने गरिन्छ ।
भूपू सैनिक संघ पाल्पाको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम
शुक्रबार, असोज ३०, २०८३
नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले विजया दशमीको अवसरमा शुभकामना तथा सम्मान कार्यक्रम गरेको छ । संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी दशैंको शुभकामना तथा नेपाली काँग्रेसको १५ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरु र जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
दशैंको मुखमा दुर्घटनाको शृङ्खला, सात जनाको अकालमै मृत्यु
शुक्रबार, असोज ३०, २०८३
दशैं नजिकिँदै गर्दा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, झापा, सप्तरी, धादिङ, कास्की र हुम्लामा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन् ।
आज विश्व खाद्य दिवस मनाइँदै
शुक्रबार, असोज ३०, २०८३
विभिन्न कार्यक्रम गरी आज ४६ औँ विश्व खाद्य दिवस मनाइँदै छ । हरेक वर्षको १६ अक्टोबरमा यो मनाइने गरिन्छ । खाद्य सुरक्षा, पोषणयुक्त खानाको महत्व तथा भोकमरी अन्त्य गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
गोपाल हमालसँगको भेटले सिकाएको नेतृत्वको पाठ
शुक्रबार, असोज ३०, २०८३
मानिसको वास्तविक सम्मान उसको पद, शक्ति, सम्पत्ति वा राजनीतिक पहुँचले होइन, उसले समाज र जनताका लागि गरेको कर्मले निर्धारण गर्छ । पदमा रहँदा मानिसलाई सलाम गर्नेहरू धेरै भेटिन्छन्, तर पदबाट बाहिरिएपछि पनि सम्मानपूर्वक सम्झिने मानिस कमै हुन्छन् ।
विश्व खाद्य दिवसको सन्देश
शुक्रबार, असोज ३०, २०८३
आज १६ अक्टोवर अर्थात् विश्व खाद्य दिवस । ‘पानी जीवन हो, पानी खाना हो’ भन्ने नाराका साथ संसारभर विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिवद्धताका साथ संसारभर यो दिवस मनाइन्छ ।
दसैँको सँघारमा किसानलाई धान स्याहार्ने चटारो
बिहीबार, असोज २९, २०८३
चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउने चटारो छ ।रातो टीका, जमरा र आफन्तसँगको खुसी साटासाट गर्ने पर्खाइमा धेरैजसो मानिस किनमेल र घर सिँगार्न व्यस्त छन् ।
अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
ग्रामीण महिलाको योगदानको सम्मान गर्दै उनीहरूको अधिकार, समानता र सशक्तीकरणका विषयलाई प्राथमिकतामा राखेर आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदै छ ।
आज विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।
ग्रामीण महिला दिवस र सशक्तीकरणको सवाल
बिहीबार, असोज २९, २०८३
हरेक वर्ष अक्टोबर १५ मा अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूले कृषि, पशुपालन, खाद्य उत्पादन, परिवारको हेरचाह तथा ग्रामीण अर्थतन्त्रको विकासमा पुर्याउँदै आएको योगदानको सम्मान गर्दै उनीहरूका समस्या, चुनौती र अधिकारका विषयमा जनचेतना फैलाउनु यस दिवसको मुख्य उद्देश्य हो ।


