Shittalpati
विद्यालयस्तरीय ब्याडमिण्टन

पाल्पा । विद्यालयस्तरीय ब्याडमिण्टन प्रतियोगिता तानसेनमा भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस बिएड तेस्रो वर्षमा अध्ययनरत स्वास्थ्य तथा शारीरिक विषयका विद्यार्थीहरुले पद्म पब्लिक नमूना माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन गरेका हुन् । प्रतियोगिताम कक्षा १२ का भाजेन्द्र बुढा मगर प्रथम भए । यस्तै अनिल सारु द्वितीय र सुस्मिता ढेंगा तृतीय हुँदा अदिती कार्कीले सान्त्वना स्थान हात पारिन् ।

प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विजयी खेलाडीहरुलाई क्याम्पसका विषय शिक्षक कृष्णबहादुर जिसी र विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद शर्माले ट्रफी, शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरे । पुरस्कार वितरण समारोहमा बोल्दै जिसीले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्न आंशिक पाठ्यभारको व्यवस्था गरिएको बताए । उनले विद्यार्थीहरुलाई वास्तविक ज्ञान प्रदान गर्न परियोजनात्मक अनुसन्धान कार्यक्रम गरिएको बताए । कार्यक्रममा विद्यालयका प्रअ शर्माले स्वास्थ्यका लागि खेलकुद कार्यक्रम अनिवार्य भएकाले शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत खेल सञ्चालन गरिएको बताए । कार्यक्रममा सहभागीलाई अनुसन्धान खेल प्रतियोगिता कार्यक्रम संयोजक सिर्जना पौडेलले धन्यवाद व्यक्त गरिन् ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update