Shittalpati
जुनियर वरियतामा प्रिन्सको फड्को

काठमाडौं,नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासंघको वरियतामा उल्लेख्य सुधार गरेका छन् । महासंघले हालै सार्वजनिक गरेको जुनियरतर्फको नयाँ वरियतामा प्रिन्स १४ औं स्थानमा उक्लिएका छन् । यसअघि ३२ औं स्थानमा रहेको प्रिन्सले वरियतामा ठूलो फड्को मारेका हुन् ।

विश्व वरियतामा नेपाली खेलाडीले हासिल गरेको यो सबैभन्दा राम्रो स्थान हो । १७ बर्षीय प्रिन्सले अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले चारमिहना अघि दुवई इन्टरनेसनल सिरिज जितेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update