Shittalpati
जुनमा हुने टेष्ट सिरिज स्थगित

काठमाडौं, अस्ट्रेलिया र बंगलादेशबीच आगामी जुनमा तय भएको टेष्ट सिरिज स्थगित भएको छ । अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्व खेलकुद नै प्रभावित बनेको छ । त्यसको असर जुनमा हुने सिरिजमा समेत परेको छ । अस्ट्रेलिया र बंगलादेशबीच हुने दुई खेलको उक्त सिरिज स्थगित गर्न सहमत भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले जनाएको छ ।

११ जुन देखि बंगलादेशको ढाकामा टेष्ट सुरु हुने तय थियो । आइसीसी वल्र्ड टेष्ट च्याम्पियनसिप अन्तर्गतको उक्त टेष्टको अर्को मिति पछि सार्वजनिक गरिने भएको छ । कोरोनाको कारण अहिले विश्व क्रिकेटमा धेरै खेलहरु स्थगित भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update