Shittalpati
रामपुरमा जनप्रतिनिधि र कर्मचारीलाई अनुशिक्षण

पाल्पा, जिल्लाको रामपुरमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई एक दिने अनुशिक्षण गराइएको छ । जिल्ला समन्वय समिति पाल्पाले रामपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई वित्तीय सुशासन जोखिम मूल्याड्ढन सम्बन्धी अनुशिक्षण गराएको हो ।

स्थानीय तहलाई सुशासन र पादर्शी बनाउने उद्देश्यले यहाँका जनप्रतिनिधि र कर्मचारीहरुलाई अनुशिक्षण गराइएको जिल्ला समन्वय समितिले जनाएको छ । स्थानीय तहमा भए गरेका कामलाई लिपिवद्ध तरिकाले राख्न र पालिकालाई पारदर्शी बनाउन स्थानीय तहमा अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला समन्वय प्रमुख टंकनाथ खनालले बताए । उनले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई इमान्दारिता पूर्वक काम गर्न आग्रह गर्दै कामलाई वस्तुगत तरिकाले लिपिवद्ध गरेर नगरको गतिविधिलाई पारदर्शी बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगर भित्र धेरै काम गरे पनि अभिलेखिकरण गर्न नसक्दा स्व–मूल्याड्ढनमा सोचे अनुसारको अंक प्राप्त गर्न नसकेको बताए । अभिलेखिकरणको कामलाई जनप्रतिनिधिले भन्दा पनि कर्मचारीले ध्यान दिएर गर्नुपर्नेमा उनले जोड दिए । उनले नितिगत कुरामा जनप्रतिनिधिले सहज वातावरण सिर्जना गर्ने भन्दै कार्यान्वयनको पक्षमा कर्मचारीले ध्यान दिनु पर्ने बताए । नगर प्रमुख थापाले नगरलाई जिल्ला मै प्रथम हुने गरी काम गर्न कर्मचारीलाई आग्रह समेत गरे । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले जनप्रतिनिधि र कर्मचारी सबै मिलेर राम्रो काम सम्पादन गरी समयमा कार्य सम्पादनका कागजात अभिलेख गर्नु पर्नेमा जोड दिइन् । सबैको सहकार्य र समन्वयले सुशासनयुक्त समृद्ध नगर बन्ने उनले बताइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सेवा प्रवाह राम्रो हुनुपर्ने बताउँदै गरेका कामलाई व्यवस्थित रुपमा अभिलेख राखी स्व–मूल्याड्ढनमा उत्कृष्ट हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा जिल्ला समन्व्य समिति पाल्पाका जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले वित्तिय सुशासन जोखिम मूल्याड्ढन कार्यविधि, स्व–मूल्याड्ढनका सुचक, स्थानीय तहको भूमिका, जिल्ला समन्व्य समितिको भूमिका, वित्तिय अनुशासनका उपाय, मूल्याड्ढन गरिने समयावधि लगाएतका विषयमा सहजिकरण गरेका थिए । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षता, उपप्रमुख काशिका ज्ञवालीको स्वागत, नायब सुब्बा चन्द्रप्रसाद भुषालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update