Shittalpati
नेपाली सेनाको प्रवक्तामा पाल्पाका भण्डारी

पाल्पा, पाल्पाका कृष्णप्रसाद भण्डारी नेपाली सेनाको प्रवक्ता तोकिएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका –२ पोखराथोका सहायकरथी भण्डारीले बुधबार नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । उनले सूचना तथा जनसम्पर्क निर्देशनालयमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

प्रवक्ताको जिम्मेवारी पाएका सहायकरथी भण्डारी यसअघि नेपाली सेनाको २१ नम्बर बाहिनी झापामा कार्यरत थिए । सेनाको प्रवक्तामा यसअघि सहायकरथी नारायण सिलवाल थिए । उनी २०७८ पुस २९ देखि प्रवक्ताको जिम्मेवारीमा थिए । सिल्वालले भण्डारीलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

भण्डारी सेनाको प्रवक्ता तोकिएसँगै पाल्पामा खुसीयाली छाएको छ । नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरेले भण्डारी प्रवक्तामा नियुक्ति भएसँगै सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update