Shittalpati
नेपाल बन्दको प्रभाव पाल्पासहित देशभर

पाल्पा, नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव पाल्पासहित देशैभर परेको छ ।

बजारमा बन्दकर्ता नदेखिए पनि पाल्पामा बन्दको प्रभाव पूर्णरुपमा परेको छ । तानसेनमा बिहानैदेखि लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । छिट्टफुट्ट रुपमा मोटरसाईकलहरु चलेका छन् भने शैक्षिक संस्था पूर्ण रुपमा बन्द छन् । केही पसलहरु खुले पनि अधिकांस बन्द नै छन् ।

तानसेनका चोकचोकमा विहानैदेखि सुरक्षाकर्मी परिचालित छन् । भौतिक आक्रमण, तोडफोड वा आगजनीका घटना नहुन् भनेर प्रहरी परिचान गरिएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बन्दमा अत्यावश्यक ढुवानीका साधनहरु भने चलेका छन् । यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्द आह्वान गरेको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update