Shittalpati
आम्दानी बढाउन पर्यटन क्षेत्रमा केन्द्रीत तानसेन नगर सरकार

कृष्ण पोखरेल
पाल्पा, आन्तरिक आम्दानीमा वृद्धि गर्न तानसेन नगर सरकार पर्यटन क्षेत्रमा केन्द्रीत बनेको छ । नगर सरकारले तानसेनमा रहेका ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको भरपुर उपयोग गरी आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिएको छ । उसले यहाँका ऐतिहासिक पर्यटकीय स्थलहरु रानीमहल र श्रीनगर क्षेत्रको उपयोग गरी आन्तरिक आम्दानी बढाउने योजना ल्याएको हो ।

नगर सरकारको छैठौं कार्यपालिका बैंठकले आगामी आर्थिक बर्षमा आन्तरीक आम्दानी दोब्वरले बृद्धि गर्ने योजनाका साथ रानीमहल दरबार र श्रीनगर क्षेत्रको टिकट व्यवस्थापन तथा सञ्चालन नगरपालिका आफैले गर्ने निर्णय गरेको छ । नगर सरकारका प्रवक्त यादव सिंह कार्कीले पत्रकार सम्मेलन गरी नगरको आन्तरिक आम्दानी वृद्धि गर्न यहाँका पर्यटकीय क्षेत्रहरुको उपयोग गर्ने निर्णय भएको बताएका छन् । आम्दानी दोब्वरले बृद्धि गर्ने योजनाका साथ रानीमहल दरबारको टिकट व्यवस्थापन तथा सञ्चालन नगरपालिका आफै कर्मचारीहरु राखेर गर्ने, श्रीनगर डाँडाको टिकट व्यवस्थापन तथा सञ्चालन पनि नगरपालिका आफैले गर्ने प्रवक्ता कार्कीले बताए । नगरका विभिन्न स्थानहरुमा पार्किङ सञ्चालन गर्ने निर्यण भएको पनि प्रवक्ता कार्कीले जानकारी दिए । रानीमहल दरवार अवकोकन गर्नका लागि आगामी साउनदेखी नेपाली सर्वसाधारणका लागि रु ५०, विद्यार्थीहरुका लागि रु.३५, सार्कमुलकहरुका नागरिकहरुको लागि रु. ८०, अन्य मुलुकका नागरिकहरुको लागि रु. १५० टिकट दर कायम गरिएको प्रवक्ता कार्कीले बताए । नगर सरकारले रानीमहल दरबारमा टिकबाट राम्रो आम्दानी गरेको छ । पूर्ण रुपमा सरसफाई गरी पर्यटक मैत्री वातावरण निर्माण गरेको नगर सरकारले ५ महिनाको अवधिमा टिकटबाट २० लाख रुपैयाँ आम्दानी गरेपछी नगरपालिका हौसिएर आफै सञ्चालन गर्ने निर्यण गरेको प्रवक्ता कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराए । यसैगरी नगर सरकारले श्रीनगर क्षेत्रको लागि पनि प्रवेश शुल्क निर्धारण गरेको छ । उसले सर्वसाधारणको लागि रु.२०, विद्यार्थीहरुको लागि रु. १०, सार्कमुलकका नागरिकहरुको लागि रु. ५०, अन्य मुलुकका नागरिकहरुको लागि रु. १०० कायम गरेको छ । यसैगरी श्रीनगर क्षेत्रमा पार्किङको लागि समेत शुल्क तोकिएको छ । यहाँका बसका लागि रु ५०, मिनिबसको लागि रु. ४०, जिप कारको लागि रु. २५ र मोटरकाईकलको लागि रु. १० शुल्क लिने नियर्ण पारित भएको नगरपालिकाले जनाएको छ ।

कार्यपालिकाको छैठो बंैठकले विभिन्न विषयवस्तुमा आधारित रहेर १६ वटा निर्यणहरु गरेको प्रवक्ता कार्कीले बताए । यसैगरी आगामी साउन १ गतेदेखी तानसेन नगरपालिकाले सबै किसिमका कर तथा राजश्व भुक्तानी अनलाईन सिष्टममार्फत गर्ने तयारी गरेको छ । इसेवा, खल्ती, कनेक्ट आइपिएसको माध्यमबाट पनि करदाताले घर घरमै बसेर कर तथा राजश्व तिर्न सक्ने गरी सबै किसिमको व्यवस्था मिलाइएको नगरपालिकाका सूचना प्रविधी अधिकृत प्रकाश गैरेले जानकारी गराए । एक पटक तानसेन नगरपालिकाको राजश्व शाखाबाट करदाता आईडी निर्माण गरेपछी घर घरमै बसेर तानसेन नगरपालिका भित्रका कर तथा राजश्व बुझाउन सकिने सूचना प्रविधी अधिकृत गैरेले बताए । कार्यक्रममा पत्रकारहरुले कालीगण्डकीबाट अनाधिकृतरुपमा ढु·ा, गिट्टी, बालुवा उत्खनन भएको, मिडिया सवलीकरण कार्यक्रम अन्तर्गत स्थानीय मिडियाहरुलाई काम अनुसारको सेवा सुविधा दिनुपर्ने, नगरपालिकाबाट हुने सबै किसिमका कामहरु स्थानीय व्यवसायीहरुलाई दिनुपर्ने, छतको पानी व्यवस्थापन गर्नुपर्ने लगायतका विषयमा ध्यान दिन अनुरोध गरेका थिए । कार्यक्रममा तानसेन नगरपालिकाका लेखा शाखा प्रमुख कौशलराज घिमिरेले आर्थिक विषयवस्तु तथा बेरुजुका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डे, योजना तथा अनुगमन अधिकृत विष्णु पौडेल, सूचना अधिकारी भरत आचार्य, राजश्व शाखा प्रमुख मधुसुधन घर्ती लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update