Shittalpati
पाल्पामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एकको मृत्यु, एक वेपत्ता

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका –२ झोलुङ्गे पुलस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने अर्को एक जना वेपत्ता छन् । सिद्धबाबा दर्शन गरेर खोलामा पौडी खेल्न गएका भारत युपि दोहोरिया गोरखपुरका १८ वर्षीय नन्द कुमार निसादको खोलाले बगाएर ज्यान गएको हो । उनको बुटवल उपमहानगरपालिका –१९ लाफाचौरस्थित तिनाउ खोलामा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट सिद्धबाबा दर्शन गर्न आएको ६० जनाको टोली तिनाउ खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा निसाद सहित शनि कुमारलाई खोलाले बगाएको थियो । दुवै जनालाई खोजतलाज गर्दैै जाँदा निसादको शव भेटिएको हो भने शनि भने बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update