आज खेलकुद पत्रकार दिवस मनाइँदै
स्थानीय
पाल्पाका जनप्रतिनिधिलाई प्रेस चौतारीले गर्यो सम्मान
कृष्ण पोखरेल
पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले एमालेबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । चौतारीले एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख टंकनाथ खनाल, उप–प्रमुख काशिका गैरे, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरी प्रसाद पाठक, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रम्भा गाउँपलिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, उपाध्यक्ष विष्णु कुमारी लुङ्चे, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, उपाध्यक्ष तिरण कुमारी श्रेष्ठलाई सम्मान गरेको हो ।
यसैगरी चौतारीले प्रेस चौतारीबाट जनप्रतिनिधिमा निर्वाचित भएका तानसेन नगरपालिका–८ का वडा अध्यक्ष सोमनाथ अर्याल, ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल, बगनासकाली गाउँपालिका–५ का वडा अध्यक्ष ओमप्रकाश गैरे, बगनासकाली कार्यपालिका सदस्य गिता रेग्मी, पूर्वखोलाका वडा सदस्य भुवन सिंह सिंजालीलाई सम्मान गरेको छ । नेकपा एमालेका पोलिटिव्युरो सदस्य ठाकुर गैरे, जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष कृष्ण कार्की लगायतले निर्वाचित जनप्रतिनिधिहरुलाई टिका, माला र दोषल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका थिए ।
नेकपा एमाले पोलिटिव्यरो सदस्य एवं पाल्पा इञ्चार्ज ठाकुर गैरेले जनतासमक्ष गरेका प्रतिवद्धता र बाचा ५ बर्ष भित्र पुरा गर्ने गरी काम गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । गैरेले विकास निर्माण, कानुनी राज्य स्थापना गर्ने, भष्ट्रचारमुक्त, सुसाशनयुक्त जिल्ला बनाउन, बसाई सराई रोक्न, उत्पादन बढाउन, रोजगारी बढाउने गरी काम गर्न जनप्रतिनिधीहरुलाई नेता गैरेले अनुरोध गरे । देशमा अहिले डरलाग्दो गरी हस्तक्षेप बढेको, अमेरिकी, भारतीय हस्तक्षेप बढ्दै गएको, गठबन्धन सरकारकै कारण मुलुकमा अन्याय, अत्याचार, भ्रष्टचार, महङ्गी बढेको नेता गैरेले बताए । गठबन्धन सरकार जति दिन सत्तामा रहन्छ त्यो जनताका लागि प्रसव पिडा भएको नेता गैरेले बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले नेकपा एमाले पाल्पामा पहिलो पार्टी भई जनताको सेवामा जुटेको बताए । एमाले पाल्पाले जिल्ला समन्वय सहित ६ पालिका प्रमुख र ५ वटा उप–प्रमुखमा विजयी भएका जनतप्रतिनिधिहरुलाई जनताको चाहाना अनुसार काम गर्न अध्यक्ष घिमिरे अनुरोध गरे । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जनप्रतिनिधिहरुलाई सफल, असफल बनाउने काम पत्रकारहरुको रहेको बताउदै जिल्लाका सबै पालिकासँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारी,प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सह–इञ्चार्ज कमलराज तिमिल्सीना, बरिष्ठ पत्रकार मेघराज शर्मा, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ,पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुरास आत्रेय, तानसेन नगरपालिका– ९ का वडाअध्यक्ष राजेश कुमार अर्याल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तुलबहादुर अधिकारी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति न्यौपाने, स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराई लगायतले जनप्रतिनिधि र पत्रकारबिच सहयोग आदान प्रदान गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष बन्दना पोखरेलको स्वागत र सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!