Shittalpati
रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम

पाल्पा, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा आधारभूत प्राथमिक उपचार तालिम दिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रसले चार दिने आधारभूत प्राथमिक उपचार तालिम दिएको हो ।

रेडक्रसद्वारा तानसेन नगरपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्र्तगत रेडक्रसले जेठ २४ गतेदेखि २७ गतेसम्म तालिम सञ्चालन गरेको जनाएको छ । तालिममा प्राथमिक उपचार सिप, घाईतेको जाँचको चरणहरु , बेहोसी, रक्तश्राव, क्षोभ, हाड भचाई, पट्टीहरुको प्रयोग, मेरुदण्डको चोट, ओसार पसार लगाएतका महत्वपूर्ण सिपहरुको विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका उपनिर्देशक शिवराम गौतम, कार्यक्रम संयोजक राजु राउत, शाखाका वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, कार्यक्रम अधिकृत विनोद भारती, प्रशिक्षक पदमराज पौडेल र संजित थापाले प्रशिक्षण दिएका थिए । तालिमको एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको थियो । कार्यक्रममा शाखाका सभापति बुद्धि प्रसाद शर्माले स्वास्थ्य जस्तो संवेदनशील विषयमा रेडक्रस सधै सचेत रहेको बताए । उनले बेला बेलामा रेडक्रसले आधारभूत प्राथमिक उपचार तालिम दिदै आएको समेत बताए । सभापति शर्माले रेडक्रसको महत्वपूर्ण सिप मध्ये प्राथमिक उपचार सिप एक भएको भन्दै तालिममा सहभागीहरुले सिकेको सिपलाई व्यवहारमा उतार्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा शाखाका मन्त्री केशवराज पौडेल, कोषाध्यक्ष भीमसेन कार्की, उपमन्त्री केशव राज नेपाल, वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, कार्यक्रम संयोजक राजु राउत लगायतले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे । सहभागीहरु कलावती दहाल, जनकराज भट्टराईले आफुहरुले सिकेको सिपलाई समुदायमा हुने घटना, दुर्घटनाका घाईतेहरुका लागि मलम पट्टी बन्ने बताए । तालिममा २० जनाको सहभागितामा रहेको थियो । कार्यक्रम शाखाका सभापति बुद्धि प्रसाद शर्माको सभापतित्व, कार्यक्रम अधिकृत विनोद भारतीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update