Shittalpati
पाल्पामा मतदाता नामावली संकलन स्थगित

रामपुर (पाल्पा), पाल्पामा मतदाता नामावली संकलन कार्य स्थगित भएको छ । मतदाता नामावली संकलन गर्दा कार्यालयमा कोभिड १९ संक्रमणको जोखिम बढी हुने भएकाले सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । बुधबारदेखि लागु हुने गरी अर्को सूचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय रामपुरबाट हँुदै आएको फोटोसहितको मतदाता नामावली संकलन स्थगित गरिएको हो ।

फोटोसहितको मतदाता नामावली संकलन गर्दा सेवाग्राहीले मास्क खोल्नुपर्ने, डिजिटल फोटो खिच्नुपर्ने, औँठाछाप लगाउनुपर्ने हुदाँ संक्रमणको जोखिम हुने भएकाले बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । –रासस

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update