Shittalpati
गुल्मीमा पहिरो : एकै घरका तीनको मृत्यु

गुल्मी, रमेश विश्वकर्मा, गुल्मीमा पहिरोले घर पुरिदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

राती करिब १ बजे घरमाथिबाट पहिरो आई घरको वाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको र पुरिएका उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ ।

उनीहरुको शबलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । तिलक परियार,उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update